दफा ६
अति गोप्य लिखत
(१) अति गोप्य लिखत एक पटकमा बीस वर्षमा नबढाई र आवश्यकता अनुसार पछि नेपाल सरकारले चाहेमा प्रत्येक पटकमा दश वर्षमा नबढाई गोप्य रहनेछ र सो अवधिभित्र कसैले पनि त्यस्तो लिखत वा त्यसको व्यहोरा पूर्ण वा आंशिक रूपमा प्रकाशनमा ल्याउन वा उल्लेख गर्न वा सम्बन्धित व्यक्ति बाहेक नेपाल सरकारको अनुमति बेगर अन्य कुनै व्यक्तिले हेर्न पनि पाउने छैन ।
(२) अति गोप्य लिखत अनिवार्य रूपले सिलबन्दी वा खामबन्दी गरी राख्नु पर्नेछ र त्यस्तो लिखतको स्थानान्तरण वा आदान प्रदान सिलबन्दी वा खामबन्दी रूपमा गर्नु पर्नेछ ।